जेष्ठ ३,धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर थपलिया विवेक विजयी भएका छन् ।
उनले उनले ७ हजार ६ सय ८० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार देवप्रसाद त्रिपाठीले ५ हजार ७२ मत प्राप्त गरे ।
उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार टापबहादुर श्रेष्ठ विजयी भएका छन् । उनले ५ हजार ९ सय १ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हिरादेवी रेग्मीले ४ हजार ६ सय ६७ मत प्राप्त गरिन् ।