जेठ ४, काठमाडौँ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनअन्तर्गत हालसम्म ४०५ स्थानीय तहको अन्तिम परिणाम आएको छ । बुधबार बिहान ६ बजेसम्मको परिणाम अनुसार पहिलो दलको रुपमा नेपाली कांग्रेस, दोस्रोमा नेकपा एमाले र तेस्रोमा नेकपा माओवादी केन्द्र रहेको छ ।
पहिलो रहेको कांग्रेसले १८४ पालिकामा प्रमुख र १७० पालिकामा उपप्रमुख जितेको छ । दोस्रो भएको एमाले ११४ स्थानमा प्रमुख र ११६ पालिकामा उपप्रमुख जितेको छ ।
यस्तै माओवादी केन्द्रले प्रमुखमा ८२ स्थानमा जित हात पारेको छ भने उपप्रमुखमा ८६ स्थानमा जित हात पारेको छ । एकीकृत समाजवादीले प्रमुखमा ७, जनता समाजवादीले ५, राप्रपाले २ र अन्यले १२ स्थानमा जित हात पारेका छन् ।
अहिलेसम्म कांग्रेस ११२, एमाले ८४, माओवादी ४९, जसपा २९, लोसपा १२, राप्रपा ३ र अन्य दलले १९ स्थानमा अग्रता कायय गरिरहेका छन् ।
त्यस्तै, ६ महानगरमा काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साह, पोखरामा नेकपा एकीकृतका धनराज आचार्य, भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल, विराटनगरमा नेपाली कांग्रेसका नागेश कोइराला, वीरगञ्जमा जसपाका राजेशमान सिंह र ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन अघि रहेका छन् ।