सिके राउतको जनमत पार्टीले सप्तरीमा खाता खोल्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ४, बुधबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाण्डौ । सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले सप्तरीको हनुमाननगर कङ्कालिनीको मेयर जितेको छ । जनमत पार्टीका वीरेन्द्र माझीले जनता समाजवादी पार्टी जसपाका शैलेशकुमार साहलाई १६१ भोटले पराजित गरेका हुन् ।
माझी ६ हजार ४०७ मत प्राप्त गरेर मेयरमा निर्वाचित भएका हुन् । साहले ६ हजार २४६ मत पाए ।

त्यस्तै, नेकपा माओवादी केन्द्र का राहुलकुमार मण्डलले तीन हजार ८७३, नेपाली कांग्रेसका उमेशकुमार मिश्र एक हजार ५९२ र नेकपा ९एमाले० का शरिफ रहमानले एक हजार ७९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस