नुवाकोट बेलकोटगढी नगरपालिका –११ मा कांग्रेसको प्यानल नै बिजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ४, बुधबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाडौं । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा नेपाली कांग्रेसको वडाअध्यक्ष सहित सम्पूर्ण प्यानल नै बिजयी भएको छ । भर्खर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बेलकोटगढी नगरपालिका– ११ को वडाअध्यक्षमा भारि मत ल्याएर नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका प्रकाशजंग पाण्डेको सम्पूर्ण प्यानल नै बिजयी भएको हो ।

गत ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट यस नगरपालिकाको ११ नं। वडा अध्यक्षमा बिजयी भएका पाण्डेले कुल ७१४ मत प्राप्त गरेका थिए । उनको निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका प्रेमबहादुर तामाङले कुल ४७६ मत प्राप्त गरेका थिए । यसैगरि, वडा अध्यक्षकै अर्का प्रतिस्पर्धी नेकपा एमालेका नवराज तिवारीले जम्मा ४३० मत प्राप्त गरेका थिए ।

यसैगरि, सो वडामा कांग्रेसकै तर्फबाट निर्वाचित भएका वडा सदस्यहरुमा राजुमान लामा, टिकाराम तामाङ, सरिता तिवारी, चंखमाया सुनार सम्पूर्ण प्यानलसहित विजयी भएका हुन । यसभन्दा अघिल्लो निर्वाचनमा यस नगरपालिकामा मेयर र वडा अध्यक्ष लगायत अघिकाँश पदमा नेकपा एमालेले जितेको थियो । अहिलेसम्मको मत परिणाम अनुसार एमाले तेस्रो स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस