काठमाडौ । काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल प्रतिस्पर्धी रामेश्वर श्रेष्ठभन्दा झण्डै चार गुणा बढी मतले अघि छन् । ४२ हजार हाराहारी मत गन्दा नेकपा एमालेकी उम्मेदवार डंगोलले १४ हजार ७ सय १७ मत ल्याएकी छन् भने श्रेष्ठले ४ हजार ६ सय ५२ मत मात्रै प्राप्त गरेका छन् ।