जेठ ४, चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ ।अघिल्लो पटक गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस एक्लैले जितेको यो पालिकामा अहिले गठबन्धनलाई हराउँदै १५०२ मतान्तरका साथ एमालेका दानबहादुर गुरुङ अध्यक्षमा विजयी भए ।
उनले ६११० मत ल्याउँदा कांग्रेसकी गीताकुमारी गुरुङ ४६०८ मा रोकिइन् । गीता निवर्तमान अध्यक्ष हुन् ।