रुपन्देहीको देवदहको मेयर र उपमेयरमा एमालेको जित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ४, बुधबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ ४, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित खरेलले नेपाली कांग्रेसका हिरा खत्रीलाई १ हजार ६२० मत अन्तरले पराजित गरेका हुन् । खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाए । खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस