चितवनको भरतपुरमा रेनुलाई ३ हजार मतको अग्रता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ५, बिहिबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ ५, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ४० हजार ७१२ मत गणना हुँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले १५ हजार ४९१ मत पाएकी छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ४११ मत पाएका छन् । दाहालले पाएको मत सुवेदीले पाएको भन्दा तीन हजार ८० ले बढी हो ।

मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ३८९ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १७ हजार ९०५ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङले नौ हजार ९७८ मत पाएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस