जेठ ५, काठमाण्डौ । काठमाडौं महानगरपालिकामा झण्डै एकतिहाइ मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेनले मतान्तर झन बढाएका छन् । बिहीबार मध्याह्न १२ः३५ बजेसम्म ५८ हजार ८५० मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौंमा एक लाख ९१ हजार १८६ मत खसेका थिए ।
मेयरमा साहले २२ हजार ८४२ मत पाएका छन् । उनले शुरुआतदेखि नै अग्रता कायम गर्दै आएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ११ हजार ७६९ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १० हजार ९८६ मत पाएकी छन् ।