जेठ ५, सिरहा । सिरहा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । एमालेका जिल्ला उपाध्यक्षसमेत रहेका डा नवीनकुमार यादव मेयर र बबिताकुमारी साह उपमेयरमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले सार्वजनिक गरेको मत परिणामअनुसार मेयर डा।यादव दुई हजार दुई सय २३ मत अन्तरले विजयी भएका हुन् । उनले ११ हजार एक सय ४३ मत प्राप्त गरेका छन् ।
निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधेस प्रदेश महामन्त्री उपेन्द्रकुमार यादवले आठ हजार सात सय २० मत पाएका छन् । जनता समाजवादी पार्टीका नगर अध्यक्ष एवं निवर्तमान मेयर अशेश्वरप्रसाद यादवले सात हजार सात सय ३४ र नेकपा एकीकृत समाजवादी पार्टीका रिताकुमारी यादवले पाँच हजार नौ सय तीन मत प्राप्त गरेका छन् ।