जेठ ५, सर्लाही । सर्लाहीको गोडैटा नगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका देवेन्द्रकुमार राय निर्वाचित भएका छन् । रायले पाँच हजार दुई सय ९४ मत ल्याउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्रप्रसाद कुशवाहले चार हजार सात सय ५२ मत प्राप्त गरे ।
त्यसैगरी उपमेयरमा पनि लोकतान्त्रिक समाजवादी पार्टीकी अन्जना कुशवाहा पाँच हजार तीन सय एक मत प्राप्त गरी निवार्चित भईन् । प्रतिस्पर्धी कांग्रेसकी रामसखी देवीले चार हजार चार सय ९३ मत प्राप्त गरिन् ।