६१९ पालिकाको अन्तिम नतिजा सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ६, शुक्रबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ ६, काठमाडौँ । निर्वाचन आयोगले शुक्रबार बिहानसम्म ६१९ स्थानीय तहको अन्तिम नतिजा घोषणा गरेको छ । जसमा नेपाली काँग्रेसले सबैभन्दा धेरै स्थानीय तह जित्दै पहिलो स्थान हासिल गरेको छ ।

स्थानीय तहमा २०० प्रमुख र ४१९ अध्यक्ष पदको मतपरिणाम घोषणा हुँदा काँग्रेसले प्रमुख ९९ र अध्यक्ष पद १७६ स्थानमा जित हासिल गरेको छ । अझै पनि काँग्रेस ३२ प्रमुख पद र ११ अध्यक्ष पदमा अग्रस्थानमै छ ।

यसैगरी नेकपा एमालेले ५७ प्रमुख र ११३ अध्यक्ष पदमा जित हासिल गर्दा २१ प्रमुख र १० अध्यक्षमा अग्रता कायमै राखेको छ ।

यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले २० प्रमुख र ९२ अध्यक्ष पदमा जित हासिल गर्दा अझै पनि ६ प्रमुख र ३ अध्यक्षमा अग्रता बनाएको छ ।

यस्तै एकीकृत समाजवादी पार्टीले १४ स्थानीय तह, जसपाले १८, लोसपाले ५ स्थानीय तह जित्दा केही साना दल र स्वतन्त्र उम्मेदवारले पनि जित हासिल गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस