जेठ ७,काठमाण्डौ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । कांग्रेसका उम्मेदवार आशामान संगत वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनले १५५७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार उमेशकुमार कुईकेलले जम्मा ७३८ मत मात्र प्राप्त गरे।
यहाँ जनता समाजवादी पार्टी जसपाका पनि उम्मेदवार थिए। जसपाबाट उम्मेदवारी दिएका न्हुछे डंगोलले ३१७ मत प्राप्त गरेका छन् । त्यस्तै खुला सदस्यमा कांग्रेसकै शेखर देउलाले १५०५ र सलोनी ओडारीले १४७० मत प्राप्त गरी निर्वाचित भए ।