बाराको देवताल गाउँपालिकामा जसपाका यादव विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ७, शनिबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेष्ठ ७, बारा । बाराको देवताल गाउँपालिकामा लोसपालाई पराजित गर्दै जसपाका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । अध्यक्षमा उदयप्रसाद यादव र उपाध्यक्ष सीतापतिदेवी यादव विजयी भएका हुन् । अध्यक्ष यादवले ६ सय १ मतले निकटतम प्रतिद्वन्द्वी लोसपाका चन्दन सिंहलाई पराजित गरेका हुन् । सिंह यसअघि अध्यक्षमा विजयी भएका थिए । नवनिर्वाचित अध्यक्ष यादवले ४ हजार १ सय ७६ मत प्राप्त गरे ।

पराजित सिंहले ३ हजार ५ सय ७५ मत पाए । यसैगरी उपाध्यक्षमा सीतापति देवी यादवले ४ हजार २ सय २ मत ल्याइ प्रतिद्वन्द्वी लोसपाकी रामपति देवीलाई पराजित गरी विजयी भएकी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस