जेठ ७, महोत्तरी । गौशाला नगरपालिकाको मेयर र उपमेयरमा जनता समाजवादी पार्टी जसपाका उम्मेदवार विजयी भएको छ । जसपाबाट मेयरका उम्मेदवार बनेका डाक्टर दिपेन्द्र महतो फराकिलो मतान्तरले विजयी भएका छन् ।
महतोले ८ हजार ७९९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बिष्णुबहादुर योन्जन ५ हजार ६२७ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार बसन्त गुरुङ ५ हजार १३२ मत प्राप्त गरेका छन् ।