कैलाली जिल्लामा चार पालिका जित्दै रेशम चौधरीको दल पहिलो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ७, शनिबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ ७, कैलाली । कैलालीका १३ वटा स्थानीय तहमध्ये ४ पालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी जिल्लामै पहिलो दल बन्न पुगेको छ । थारु बाहुल क्षेत्र कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा गठबन्धन दललाई पराजित गर्दै रेशम चौधरीको पार्टीले विजय हासिल गरेपछि पहलो दल बन्न पुगेको हो ।

सार्बजनिक मतपरिमाण अनुसार कैलालीमा नेकपा एमालेले अध्यक्षमा मात्र चुरे र बर्दगोरिया गरी दुई पालिका जितेको छ । अघिल्लो निर्वाचनमा एमालेले गोदावरी, गौरीगंगा, घोडाघोडी, लम्कीचुहा, टीकापुर नगरपालिका, चुरे र मोहन्याल गाउँपालिका गरी ७ पालिकामा प्रमुख÷उपप्रमुख जितेर पहिलो बनेको थियो ।

यसपालि एमालेले जितेका नगरपालिका गुमाउँदै दुई पालिकामा सिमित बन्न पुगृको छ । नेपाली काँग्रेसले गोदावरी, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिका गरी तीन स्थानीय तह जितेको छ । काँग्रेसले अघिल्लो स्थानीय तहमा धनगढी उपमहानगरपालिका सहित ३ गाउँपालिका सहित ४ पालिका जितेकोमा यसपालि उपमहानगर गुमाएर तीन पालिकामा विजय हासिल गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस