जेठ ७, जनकपुरधाम । पूर्व शिक्षामन्त्री तथा संघीय सांसद गिरिराजमणि पोखरेल र मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहको क्षेत्रमा जनता समाजवादी पार्टी नेपालले शानदार जित हासिल गरेको छ ।
महोत्तरी क्षेत्र नं १ स्थित गौशाला नगरपालिका माओवादीको एकल पकड क्षेत्र भएपनि स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीका मेयर र उपमेयरसहित अधिकांस वडाहरुमा विजयी हासिल गरेका छन् ।