नुवाकोटका चार स्थानीय तहको मुख्य पदमा पुरुष उम्मेदवार बिजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ७, शनिबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ ७, काठमाडौं । नुवाकोटका बाह्र स्थानीय तहमध्ये चार स्थानीय तहको प्रमुख तथा उपप्रमुख एवं अध्यक्ष तथा उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार निर्वाचित भए । जिल्लाको बेलकोटगढी नगरपालिकासहित तारकेश्वर, किस्पाङ र शिवपुरी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार विजयी भएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिए । उनका अनुसार राजनीतिक दलले उम्मेदवारी दर्ता गर्दा कानूनअनुसार प्रमुख दुई पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिएको र उक्त पदमा पुरुष नै उम्मेदवार उठाएको देखिन्छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको तालमेलअनुसार जिल्लाको बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा प्रमुख दुई पदमा भागबण्डाका आधारमा पुरुष उम्मेदवार मात्रै उठाएका र उनीहरु नै निर्वाचित भएका थिए । बेलकोटगढीको प्रमुखमा माओवादी केन्द्रका जगतबहादुर गुरुङ र उप्रमुखमा नेपाली कांग्रेसका शिवप्रसाद दाहाल निर्वाचित भए । तारकेश्वरको अध्यक्षमा कांग्रेसका शिवप्रसाद अधिकारी र उपाध्यक्षमा माओवादी केन्द्रका हरिप्रसाद रिमाल निर्वाचित भए ।

माओवादी केन्द्र र नेकपा एमालेबीच भएको गठबन्धन अनुसार किस्पाङको अध्यक्षमा नेकपा ९एमाले० का वीरबल तामाङ र उपाध्यक्षमा माओवादी केन्द्रका अजुर्नप्रसाद न्यौपाने निर्वाचित भए । यी तीनवटै पालिकामा तालमेल गरेर राजनीतिक दलहरुले पुरुष उम्मेदवार मात्रै उठाएका थिए । जिल्लाको शिवपुरी गाउँपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच भएको गठबन्धनअनुसार उपाध्यक्ष पदमा माओवादी केन्द्रका वीरबहादुर तामाङ निर्वाचित भए ।

अध्यक्षमा नेपाली कांग्रेसका गोविन्दप्रसाद थपलिया निर्वाचित हुँदा कांग्रेसको महिला उम्मेदवार इन्दिरा खड्कालाई पराजित गर्दै नेकपा एकीकृत समाजवादीको सहयोगले माओवादी केन्द्रका पुरुष उम्मेदवार वीरबहादुर तामाङ निर्वाचित भए ।

ताजा अपडेट

खोजी गर्नुहोस