जेठ ८, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । हमालले २६ हजार ४४३ मत ल्याउँदै जित हात पारेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नृपबहादुर वडले १४ हजार १४६ मत पाए । काठमाडौं महानगरपछि सबैभन्दा धेरै चर्चा धनगढीको भएको थियो ।
हमालले निर्वतमान नगरप्रमुख वडलाई पराजित गरे । हमाल र वडका बीचमा १२ हजार २९७ मतको फरक परेको छ । अघिल्लो निर्वाचनमा पनि हमाल धनगढीको मेयरमा स्वतन्त्र उठेका थिए। तर, त्यतिबेला उनी निवर्तमान मेयर वडसँग पराजित भएका थिए ।