‘अहिलेसम्म ३२ हजार १ सय ५२ जनप्रतिनिधि निर्वाचित’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ८, आईतबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

जेठ ८, काठमाण्डौ । पालिका चुनाव–२०७९ अन्तर्गत ६ सय ९५ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय ४८ नगरपालिका र ४ सय ४७ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो । यो सँगै झन्डै ९२ प्रतिशत पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म ३२ हजार १ सय ५२ जनप्रतिनिधि निर्वाचित भएका छन् । ७ सय ५३ वटा पालिकामा ३५ हजार २ सय २१ जनप्रतिनिधि छान्न गएको वैशाख ३० गते चुनाव भएको थियो।

मतगणना भएका नगरपालिकामध्ये मेयर पदमा नेपाली कांग्रेसले १ सय २३ वटामा जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा १ सय ८४ वटामा जितेको छ । नगरपालिकामा १४ र गाउँपालिकामा ४ वटामा कांग्रेसको अग्रता छ ।

त्यस्तै, नेकपा एमालेले ६७ नगरपालिका र १ सय २१ गाउँपालिका जितेको छ । एमाले १४ वटा नगरपालिकामा र २ वटा गाउँपालिकामा अगाडि छ । नेकपा ९माओवादी केन्द्र० ले २४ नगरपालिका र ९६ वटा गाउँपालिकामा प्रमुख पद जितेको छ । तीन वटा नगरपालिकामा माओवादीको अग्रता छ ।

नेकपा एकीकृत समाजवादी ले ९ नगरपालिकामा मेयर जितेको छ । २ वटामा उसको अग्रता छ । स्वतन्त्रसहित अरु दलले २५ ठाउँमा मेयर पद जितेका छन् । उपमेयरमा नेपाली कांग्रेसले ९४ र उपाध्यक्षमा १ सय ८७, एमालेले ९१ उपमेयर र १ सय २२ उपाध्यक्ष, माओवादी केन्द्रले ३२ उपमेयर र ९३ वटामा उपाध्यक्ष जितेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस