जेठ ८, काठमाण्डौ । सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा गठबन्धन र उपमेयरमा एमाले विजयी भएको छ । आज सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार इटहरीको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भएकाछन् । उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सङ्गीता कुमारी चौधरी विजयी भएकीछिन् ।
मेयरमा एमालेका उम्मेदवार यामकुमार सुब्बालाई कांग्रेसका पौडेलले ५ हजार १८ मतान्तरले पराजित गरे । निर्वाचन अधिकृतको कार्यालय इटहरीले दिएका जानकारी अनुसार कांग्रेसका उम्मेदवार पौडेल ३१ हजार ४९ मत ल्याएर विजयी भउका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका सुब्बाले २८ हजार ३१ मत पाए। उपमेयरमा विजयी हुनुभएकी एमालेकी चौधरीले ३२ हजार ४ सय ३६ मत पाईन् ।