जेष्ठ ८, कपिलवस्तु । जिल्लाको शुद्धोधन गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा दुई फरक पार्टीका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीबाट कमलेशशरण चौधरी विजयी भएका छन् । चौधरीले जनता समाजवादी पार्टीका निसारअहमद खाँलाई २ सय ९९ मतान्तरले पराजित गरे । चौधरीले ४ हजार ४ सय ८१ मत ल्याई विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी खाँले ४ हजार १ सय ८२ मत ल्याएका थिए ।
त्यस्तै, उपप्रमुखमा नेकपा माओजवादी केन्द्रका होमप्रकाश चौधरी विजयी भएका छन् । उनले ५ हजार १ सय ३ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका चादनी चौधरीले ३ हजार २ सय २३ मत ल्याएकी छन् । जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको पहिलो जीत हो । जिल्लाको १० मध्ये ९ स्थानीय तहको परिणाम आइसकेको छ ।