जेठ ८, काठमाडौं । सिराहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बरियारपट्टी गाउँपालिका प्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार सन्तोषकुमार महतो र उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार ममता कुमारी विजयी भएका हुन् ।महतो ३ हजार ८ सय ४४ मतका साथ विजयी भएका हुन् भने ममता कुमारी ३ हजार ९ सय ९७ मतसहित विजयी भएकी हुन् ।