जेठ ८, काठमाडौं । भँगाहा नगरपालिका, महोत्तरीको प्रमुखमा लोसपा र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा लोसपाका सञ्जीव कुमार साह ५ हजार ६१७ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय मण्डलले ५ हजार ३५४ मत पाए ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी शान्ति कुमारी सिंह विजयी भइन् । उनले ५ हजार ७७५ मत पाउँदा लोसपाकी गंगाकुमारी सिंह दनुवारले ५ हजार ३५५ मत पाइन् ।