जेठ ८, काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । पछिल्लोपटक वडा नम्बर–७ को मत परिणाम घोषणा गरिएको छ । सोअनुसार काठमाडौं–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विमलकुमार होडा निर्वाचित भएका छन् । उनले दुई हजार ८६७ मत पाए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार कृष्णमणि भट्टराईले दुई ८१६ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदस्यहरूमा पनि सबै कांग्रेस उमेदवार निर्वाचित भएका छन् ।