कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ८, आईतबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ ८, काठमाण्डौ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रणबहादुर महरा ६ हजार ७७३ मत प्राप्त गरेर प्रमुखमा निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका चीन्तामणी भट्टलाई पराजित गरे ।

भट्टले ६ हजार २६४ मत प्राप्त गरे। यहाँ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका थिए। गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नवराज ऐरले ५ हजार २२५ मत प्राप्त गरे।

उपप्रमुखमा नेपाली कांग्रेसकी कल्पनाकुमारी जोशी ६ हजार ५१९ मत प्राप्त गर्दै विजयी भइन्। उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका माधवप्रसाद पन्तले ५ हजार ३६० मत प्राप्त गरे। नेकपा एमालेकी उम्मेदवार मोनिका कुमारी भण्डारी भट्टले ५ हजार २३६ मत प्राप्त गरिन्।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस