जेठ ९, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १९ हजार ६ सयभन्दा बढी मतले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १९ हजार ६ सय १५ मतले अगाडि छन् । बालेन्द्र साहले अहिलेसम्म ४६ हजार चार सय ७६ मत ल्याउँदा सिंहले २७ हजार सात सय ९९ मत ल्याए ।
महानगरमा एक लाख ३५ हजार ६ सय ९३ मत गन्दा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले २६ हजार आठ सय ६१ मत पाए । महानगरको उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले फराकिलो अग्रता कायमै राखेका छन् ।