वरिष्ठ नेता पौडेल भन्छन्-‘गठबन्धलाई दुई तहकै निर्वाचनसम्मै लगिन्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ९, सोमबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाडौ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनले प्रदेश र संघीय संसद्को निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन् । संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउन गठबन्धन आवश्यक भएको भन्दै उनले गठबन्धलाई दुई तहकै निर्वाचनसम्मै लगिने बताए ।

तनहुँको व्यास नगरपालिकाको विजय र्‍यालीपछि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन गठबन्धन अनिवार्य रहेको तर्क गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस