उदयपुरको कटारी नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमालेको जित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ११, बुधबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ ११, उदयपुर । उदयपुरको कटारी नगरपालिकाको मेयरमामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ चार सय ६५ मतको अन्तरले विजयी भए । श्रेष्ठले ६ हजार चार सय १७ मत ल्याउँदा उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले पाँच हजार नौ सय ५२ मत पाए । नेकपा एमालेका ज्ञानेन्द्र श्रेष्ठले पाँच हजार सात सय १५ मत प्राप्त गरे ।

नगरपालिकाको उममेयरमा एमालेकी गीता खड्का विजयी भए । खड्काले माओवादी केन्द्रका उम्मेवार विनोद कटुवाललाई दुई हजार पाँच सय ९२ मतको अन्तरले हराए । खड्काले ६ हजार चार सय १३ मत प्राप्त गर्दा कटुवालले तीन हजार आठ सय २१ मत प्राप्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस