दाङ तुलसीपुर उपमहानगरमा मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ११, बुधबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ ११, काठमाण्डौ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी निर्वाचित भएका हुन् । मेयरका निर्वाचित खड्काले नेपाली कांग्रेसका उम्मेदवार गेहन्द्र गिरीलाई तीन हजार ६९१ मतान्तरले पराजित गरे। उनले ३१ हजार ४०८ मत पाए भने कांग्रेसका गिरीले २७ हजार ७१७ मत पाए ।

त्यस्तै, उपमेयरमा एमालेकी चौधरीले नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानालाई नौ हजार ५३२ मतान्तरले पराजित गरिन् । चौधरीले ३० हजार ५९७ मत पाइन् भने रानाले २१ हजार ६५ मत पाए । २०७४ को निर्वाचनमा पनि एमालेकै घनश्याम पाण्डे मेयरमा र माया आचार्य उपमेयरमा निर्वाचित भएका थिए । तुलसीपुर उपमहानगरको १९ वटा वडामध्ये एमालेले १० वटा वडामा प्यानल सहित जितेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस