उदयपुरको त्रियुगा मेयरमा कांग्रेसका बसन्त बस्नेतको जित निश्चित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ जेष्ठ १६, सोमबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ १६, उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेसका वसन्त बस्नेतको जित निश्चित भएको छ । गणना हुन १ हजार ८०५ मत बाँकी रहेको अवस्थामा नै बस्नेत निकटतम प्रतिस्पर्धी एमालेका भागवत राउतभन्दा भन्दा २ हजार २३ मतले अघि रहेकाले बस्नेतको जित पक्का भएको हो ।

हालसम्म ३८ हजार ३७४ मतगणना हुँदा बस्नेतले १३ हजार २६३ मत ल्याउँदा एमालेका राउतको ११ हजार २३२ मत पाएका छन् । उपमेयरमा भने एमालेकी महेश्वरी राईले कांग्रेसकी सरिता राईलाई पछि पारेकी छन् । महेश्वरीले १२ हजार ८७६ मत पाउँदा कांग्रेसकी सरिताले ११ हजार ४५१ पाएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस