जेठ २०, काठमाण्डौ । संघीय सरकारले नयाँ जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई २ दिने तालिम दिन लागेको हो । यसैको तयारीस्वरूप मन्त्रालयका हाकिमहरु यसैसाता धुलिखेलमा वास बसेका थिए । मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धमा नयाँ प्रतिनिधिहरुलाई अभिमुखीकरण तालिन दिन लागिएको हो ।
१ नम्बर प्रदेश र सुदूरपश्चिम प्रदेशमा जेठ २५ र २६ गतेलाई मिति तय भएको छ । मधेश, गण्डकी र कर्णाली प्रदेशमा जेठ २७ र २८ को तोकिएको छ । त्यसैगरी,बागमती र लुम्बिनी प्रदेशमा जेठ ३० र ३१ गते अभिमुखीकरणको कार्यतालिका छ । कार्यक्रमस्थलबारे अहिलेसम्म कुनै जानकारी दिइएको छैन ।