विराटनगर महानगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेको बहुमत !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २१, शनिबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ २१, काठमाण्डौ । विराटनगर महानगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेले बहुमत हासिल गरेको छ । सत्ता गठबन्धनमा रहेका दलबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेपनि शनिबार महानगरको कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमा एमाले र  स्वतन्त्र उम्मेदवारको गठबन्धन विजयी भएको हो । कार्यपालिकाको निर्वाचनमा एमालेका पाँच महिला सदस्य र एक जना  दलित र अल्पसंख्यक प्रतिनिधि निर्वाचित भए । त्यस्तै एमालेसँग तालमेल गरेका स्वतन्त्र समूहबाट पनि दुई जना कार्यपालिका सदस्य निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

महानगरको कार्यपालिका चुनावमा ५० मत रहेको कांग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् । महानगरमा एमालेले उपमेयरसहित ४३ र कांग्रेसले मेयरसहित ४० जनप्रतिनिधि जितेको थियो । जसपाले १०, स्वतन्त्र ३ र राप्रपाको १ जना निर्वाचित भएका थिए । कार्यपालिका निर्वाचनमा कांग्रेस जसपा गठबन्धनसँग ५० मत र एमाले स्वतन्त्र गठबन्धनसँग ४६ मत थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस