धादिङ जिससमा सत्ता गठबन्धनका उम्मेदवार निर्विरोध ! प्रमुखमा अधिकारी,उपप्रमुखमा विश्वकर्मा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ जेष्ठ २७, शुक्रबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ २७,धादिङ । जिल्ला समन्वय समिति धादिङको अध्यक्ष, उपाध्यक्ष र ७ जना सदस्य गरी ९ पदमा एक/एक जनाको मात्रै उम्मेदवारी परेको छ । सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले मिलेर साझा उम्मेदवारी दिएका हुन् ।

जिससको प्रमुखमा माओवादी केन्द्रबाट नवराज अधिकारी, उपप्रमुखमा एकीकृत समाजवादीका कुलमान विश्वकर्मा र सदस्यहरुमा कांग्रेसबाट ७ जना सुकमाया सुनार, कविता विक परियार, बिन्दा विक, उत्तम घले, रविन्द्रजंग तामाङ, रामप्रसाद रिजाल, ईश्वर केसीले मात्रै उम्मेदवारी दिएपछि सबै जना निर्विरोध निर्वाचित भएका हुन् ।

एमालेले कुनैपनि पदमा उम्मेदवारी नदिएपछि सबै उम्मेदवार निर्विरोध हुने भएका छन् ।

निर्विरोध निर्वाचित भएको घोषणा भने निर्वाचन कार्यालयले मतदानको लागि तोकिएको जेष्ठ २९ गते नै गर्ने बताइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस