काठमाडौं आइपुगे भारतीय सेना प्रमुख मनोज पाण्डे, प्रधानमन्त्री भेट्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र २०, सोमबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र २०, काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे आइतबार अपरान्ह नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् । ११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका पाण्डेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।

नेपाल भ्रमणका क्रममा पाण्डेले प्रधानसेनापति शर्मासँग द्विपक्षीय वार्ता गर्ने छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको पदवी लिने पनि कार्यक्रम छ । नेपाल र भारत दुवै मुलुकले एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिँदै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस