मुख्यमन्त्री पाण्डे भन्छन्-‘अब छिट्टै सङ्घीय सरकारविरुद्ध मुद्दा हाल्छु’

Post Thumbnail

भाद्र २०, काठमाण्डौ । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सङ्घीय सरकारविरुद्ध मुद्दा हाल्ने चेतावनी दिए । काठमाण्डौ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीयता र संविधान विरोधी रहेको भन्दै मुख्यमन्त्री पाण्डेले सङ्घीय सरकारविरुद्ध मुद्दा हाल्ने बताएका हुन् ।

राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले हेटौँडामा आयोजना गरेको सङ्घीय शासन प्रणाली सबलीकरण विषयक अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्रिय सभा आफैँले संविधानको विरुद्धमा गएर, सङ्घीयताको विरुद्धमा गएर ती दुई वटा विधेयक पारित गरेको मुख्यमन्त्री पाण्डेले आरोप लगाए ।

ताजा अपडेट

खोजी गर्नुहोस