पर्सा क्षेत्र नम्बर-४ मा नेपाली काँग्रेसको चुनावी गतिविधी तिब्र

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ आश्विन २७, बिहिबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असोज २७, वीरगंज । पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसले चुनावी गतिविधी तिब्र पारेको छ । पर्सा ४ को प्रतिनिधीसभा सदस्यमासत्तागठबन्धनका साझा उम्मेदवार नेपाली काँँग्रेसका रमेश रिजाल छन् । रिजालले गत आइतबार उम्मेदवारी दर्ता गराएसंगै त्यस क्षेत्रमा काँग्रेसले चुनावी गतिविधी तिब्र पारेको हो । यसै क्रममा काँग्रेसले बुधबारक्षेत्र नम्बर ४ को दुइ पालिकामा छुट्टा छुटटै कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ ।काँग्रेस क्षेत्रीय कार्य समितिले धोबिनी गाँउपालिकाकोलङगडी र कालिकामाइ गाँउपालिकाको मुडड्लीमा बुधबार कार्यकर्ता भेटघाट कार्यक्रम गरेको हो ।

काँग्रेस उम्मेदवार रिजालको प्रमुख आतिथ्यतामा भएको दुवै कार्यक्रममा त्यस क्षेत्रका काँग्रेस अगुवा नेता कार्यकर्ताहरुले गठबन्धनकासाझा उम्मेदवार समेत रहेका रिजाललाइ अत्याधिक मतले विजयी बनाउने प्रतिबद्धता जनाए । उनिहरुले क्षेत्र नम्बर ४ को विकासमासधै लागि रहने रिजाल यसपालि पनि उम्मेदवार बनेकाले यसले क्षेत्रका जनता पनि उत्साहित भएको बताए ।

कार्यक्रममा बोल्दै गठबन्धनका साझा उम्मेदवार रिजालले विगतमा चुनाव हारे जिते पनि आफु क्षेत्रका जनताको सुखदुखमा सदैेवसाथमा रहददै आएकाले जनमत आफनो पक्षमा रहेको बताए । उनले काँग्रेसले गरेका देशको समृद्धि र विकासका लागि गरेका काम बारेजनतालाइ बुझाउन कार्यकर्तालाइ निर्देशन पनि दिए । रिजालले काँग्रेसकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको सन्देश पनि जनतामाझ पुरयाउन अनुरोध गरे ।

कार्यक्रममा पर्सा ४ ९ख० का उम्मेदवार शंकर चौधरी ,काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला प्रवक्ता रमेश पान्डे,महाधिबेशन प्रतिनिधि बशिष्ठ नारायण कुर्मी, श्याम पटेल ,जिल्ला सह सचीव नवीन सिंह ,क्षेत्रीय सभापति एंव जगरनाथपुरगाउपालिकाका अध्यक्ष श्रीकान्त यादव,सचिव बालिस्टर अहमद , नेविसंघका जिल्ला अध्यक्ष विकास तिवारी , कालिकामाइगाँउपालिकाका अध्यक्षका प्रत्यासी अजय पटेल लगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस