अन्तत: सत्ता गठबन्धनका उम्मेदवार बन्न पुगे प्रभु साह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन २७, बिहिबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

आश्विन २७,काठमाडौँ । नेकपा एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार प्रभु साह उठेको रौतहट-३ मा साहलाई समर्थन गर्ने निर्णय भएको छ । सत्ता गठबन्धनको भागबण्डामा रौतहट ३ ओवादी केन्द्रको भागमा परेको थियो । सोही अनुसार माओवादी केन्द्रका तर्फबाट रवीन्द्र पटेल उम्मेदवार छन् ।

‘पटेलजीलाई राजनीतिक रुपमा सम्झाउने प्रयास भैरहेको छ । नेताहरुका अनुसार माओवादी केन्द्रले प्रभु साहलाई माओवादी केन्द्रकै चुनाव चिह्नमा चुनाव लड्नसमेत आग्रह गरेको थियो । जवाफमा साहले आफू स्वतन्त्र नै चुनाव लड्ने बताएका थिए । तर, भविष्यलाई समेत ख्याल गरेर सहयोग गर्न साहले माओवादी नेतृत्वलाई आग्रह गरेका थिए ।

प्रभु साहको आग्रहमा स्वतन्त्र उम्मेदवारी दिएकाहरुको सन्दर्भमा भने सत्तागठबन्धन मौन छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता असोज २३ गते भएको थियो । सोही दिन एमालेको टिकट त्यागेर प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । साहकै आग्रहमा रौतहटसहित मधेश प्रदेशमा अन्य नेताहरुले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस