समाजवादी निकट नेपाल दलित मुक्ति संगठनको धुनिबेशी नगर कमिटी गठन

Post Thumbnail

आश्विन २९,धादिङ । नेकपा एकीकृत समाजवादी निकट नेपाल दलित मुक्ति संगठन को धुनिबेशी नगर कमिटी गठन भएको छ । शरण बहादुर मिजार (बिदुर) को अध्यक्षतामा आज १९ सदस्यीय कमिटी गठन भएको हो । त्यसैगरी कमिटीको महिला उपाध्यक्षमा अनिता परियार,सचिवमा इश्वर परियार,सहसचिवमा तुलसी मिजार र कोषाध्यक्षमा राममाया विश्वकर्मा चयन भएका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता तथा धुनिबेशी नगरप्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सो कमिटी गठन भएको हो । भेलामा बोल्दै नेता आचार्यले दलित समुदायको उत्थान र विकासको लागि नेकपा समाजवादी पार्टी निरन्तर लाग्ने बताए । उनले दलित समुदायले अब आफुलाई कमजोर सम्झन नहुने र भेदभावको अन्त्यको लागि सबै मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका नेता रामचन्द्र आचार्य, राम नेपाली,समाजवादी प्रेस संगठन धादिङका अध्यक्ष राज ढुंगाना लगायतको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस