कात्तिक १३,धादिङ । क्षेत्र नं. १ मा लोकतान्त्रिक बाम गठबन्धनको निर्वाचन परिचालन अभिमुखिकरण तथा प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रममा धादिङका लोकतान्त्रिक वाम गठबन्धन धादिङका शिर्ष नेताहरुले धादिङको ६ वटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार चुनाव जित्ने उद्घोष गरेका छन् ।
गठबन्धनका साझा उम्मेदवार पार्टी विशेष नभएको र साझा उम्मेदवारले हार्दा गठबन्धनले हार्ने हुँदा इमान्दारका साथ गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने वातावरण बनाउन उनीहरुले कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । प्रशिक्षणमा नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले धादिङको विकासको लागि आफु निरन्तर सक्रिय रहेको बताउदै हिजोको दिनमा सुरु गरेका विकासका योजनालाई पुरा गर्न आफुले फेरि एकपटक प्रतिनिधिसभामा उम्मेदवारी दिएको बताए ।
यसैगरी नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमकट्टेलले प्रतिगमनविरुद्ध लोकतान्त्रिक बाम गठबन्धन जनतामाझ स्थापित हुने बताए । यता नेपाली कांग्रेसका नेता मधुकुमार श्रेष्ठले गठबन्धनमा सबै एकजुट भएर उम्मेदवारहरुलाई जिताउनुपर्ने धारणा व्यक्त गरे । भेलामा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका अगुवा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
कार्यक्रममा एकिकृत समाजवादीका केन्द्रिय उपमहासचिव गगांलाल तुलाधर,माओवादी केन्द्रका नेता पुष्पविक्रम मल्ल, नेपाली कांग्रेसका जिल्ला सभापति तथा धादिङ क्षेत्र नं. २ का उम्मेदवार रामनाथ अधिकारी, कांग्रेस नेता हरि अधिकारी, माओवादी केन्द धादिङका ईन्चार्ज नेता तथा धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश २ का उम्मेदवार शालिकराम जमकट्टेल, नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति रमेश धमला लगायतले प्रशिक्षण दिएका थिए ।