कार्तिक २३, काठमाण्डौ । मोरङ ३ क को प्रदेश सभाको सदस्यका लागि उम्मेदवार भएका नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधन भएसँगै उक्त क्षेत्रमा नयाँ निर्वाचनको कार्यक्रम तय हुने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले उक्त क्षेत्रमा नयाँ निर्वाचन कार्यक्रमको निर्णय गरेर जिल्ला निर्वाचन अधिकृतलाई पठाउने जानकारी दिए । सोही बमोजिम नयाँ मनोनयन, दर्ता, दाबी विरोध गर्नेलगायतका प्रक्रिया हुन्छन् ।