कार्तिक २६, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि चुनावी सभामा सहभागी हुन शनिबार सुदूरपश्चिम आउने भएका छन् । अध्यक्ष ओलीले दुई जिल्लाका तीन चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए। उनका अनुसार शनिबार डोटीको दिपायल, गोदावरीको अत्तरिया र लम्कीचुहाको लम्कीमा आयोजना हुने कार्यक्रममा ओलीले सम्बोधन गर्नेछन् ।
उनी बिहान ११ बजे दिपायलको कार्यक्रम सकेर २ बजे गोदावरीको अत्तरिया र ४ बजे लम्की चुहाको लम्कीमा आयोजित कार्यक्रममा सहभागी हुने जनाइएको छ ।