धनुषामा दर्जनौँ एमाले नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ कार्तिक २९, मंगलबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

कात्तिक २९,धनुषा । धनुषामा दर्जनौँ एमाले नेता तथा कार्यकर्ताले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छ्न्। मिथिला नगरपालिका वडा नम्बर ६ ढल्केवरमा एमालेको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै ढल्केवरस्थित मगरटोलका मोहन खप्तरीको नेतृत्वमा सयौं जनाले एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् । एमालेको लालकिल्ला भनेर चिनिने मगरटोलका दर्जनौँ जना कांग्रेसमा प्रवेश गरेपछि धनुषामा एमाले कमजोर हुने अनुमान गरिएको छ ।नवप्रवेशीहरुलाई नेपाली कांग्रेस सहमहामन्त्री तथा धनुषा–४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्र यादवले अबिरमाला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कांग्रेस प्रवेश गरेकाहरुलाई नेकपा एकीकृत समाजवादीका नेता तथा धनुषा–४ “ख“ प्रदेशसभा सदस्यका उम्मेदवार सत्रुधन महतोले समेत स्वागत गरेका थिए ।नव प्रवेशीहरुले एमालेको कार्यशैलीप्रति चरम असन्तुष्टि जनाउँदै एमाले परित्याग गरेको सामूहिक घोषणा गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

अब नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण हुने र समाज रूपान्तरणमा कांग्रेसले महत्वपूर्ण योगदान दिन सक्ने कुरामा आफूहरू विश्वस्त रहेको नवप्रवेशीहरुले बताए ।

हाल समाजमा मौलाउँदै गएको बेथिति, विसङ्गति जनप्रतिनिधिको उन्माद, घमण्ड साथै विकासको नाममा भएको चरम भ्रष्टाचारले सीमा नाघेको हुँदा एमाले परित्याग गरेको उनीहरूले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस