कार्तिक ३०, धादिङ । धादिङमा प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनको माहोल निकै तातिएको छ । चुनाव आउन झण्डै चार दिन बाँकी हुँदा कस्ले जित्ने र कस्ले हार्छन् ? चिया पसल देखि घर चौतारीमा पनि कुरा हुँदै आएको छ । धादिङको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका साझा उमेदवारका रुपमा बागमती प्रदेशका मुख्यमन्त्रीतथा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेसंग नेकपा एमालेको तर्फबाट एमाले धादिङका अध्यक्ष भूमीप्रसाद त्रिपाठी बीच प्रतिस्पर्धा हुँदैछ ।
एमालेमा ठुलै खटपटपछि पाण्डे नेकपा एमाले छाडेर एकृकित समाजवादीमा आएका थिए । उनी विभाजन गरी बनाईएको नेकपा एसका केन्द्रिय उपाध्यक्ष समेत हुन् । अहिले पाण्डे चुनावी माहोलमा होमिरहेका छन् । धादिङका हरेक कुनामा पुगेर भोट मागिरहेका छन् । केहि दिन अगाडी मात्र धादिङको धुनिबेशी नगरपालिकाका हरेक वडा तथा गाउँमा भोट माग्न पुगेका थिए । उनले दक्षिणी धादिङमा बिकासको लहर नै ल्याएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले यो चुनाव गठबन्धनले नै जित्नुपर्ने बताए । एमाले भ्रष्टाचार र कुशासनमा लिप्त भएकाले अव एमालेको बिकल्पमा समाजवादी तथा गठबनधनको सरकार बनाउन उनले जनता समक्ष अपिल गरेका छन् । ‘पहिले मेरो चुनाव चिन्ह सूर्य थियो, धेरै चुनाव सूर्यबाट नै जितियो’ भलै देशको आर्थिक, सामाजिक तथा यावत् पक्षमा सुधार आउन नसकेपछि अब चुनाव चिन्ह नै परिवर्तन गरेर कलममा आएको छु, मेरो अहिलेको चुनाव चिन्ह कलम हो, मलाई भोट दिनुस्, बिकास र समृद्धिको बाढी आउनेछ ‘,उनले कार्यक्रममा भने ।
पूर्व स्थानीय विकास मन्त्री एवम वागमती प्रदेशका मुख्य मन्त्री समेत रहेका एसका उपाध्यक्ष पाण्डे प्रदेशबाट यस पटक संघमा गठवन्धनको साझा उम्मेदवारका रुपमा आफ्नै पूर्व सहकर्मीसँग प्रतिष्पर्धा गर्दैछन् । २०४३ साल देखि धादिङ जिल्लाबाट निरन्तर चुनावमा सहभागि हुंदै आएका पाण्डेले २०४८, २०५१, २०५६,२०६४, २०७० र २०७४ मा चुनावमा उठेकोमा २०४३ र २०६४ मा बाहेक अरु सबै चुनाव जितेका छन् । उनी २०४४ सालमा धादिङ जिल्ला पञ्चायतको सभापतिमा पनि विजयी भएका थिए ।
नेकपा एमाले धादिङका संस्थापक नेता पाण्डे गएको ३६ बर्ष देखि एउटै क्षेत्रबाट चुनाव लड्दै आईरहेका छन् । गत बर्ष एमाले पार्टी विभाजन गर्न मुख्य भूमिका निर्वाह गरी वागमती प्रदेशको मुख्य मन्त्री बनेका पाण्डेसंग एमालेका जिल्ला अध्यक्ष एवम निवर्तमान सांसद भूमी त्रिपाठीले कडा प्रतिष्पर्धा गर्दैछन् ।
राजेद्र प्रसाद पाण्डे अहिले पनि चुनावी दौडमा छन् । धादिङका धुनिबेशी नगरपालिका, थाक्रे,गल्छी,गजुरी,बेनिघाटरोराङ र सिद्धलेक गाउँपालिकाका हरेक वडा तथा गाउँमा पुगेर स्थानियहरुको भावना बुझ्दै भोट मागिरहेका छन् ।