रवि लामिछानेविरुद्ध अमेरिकी नागरिकता नत्यागेको भन्दै उजुरी ! अबको प्रक्रिया के ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ कार्तिक ३०, बुधबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक ३०, काठमाण्डौ । चितवन–२ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता भएको छ । राजकुमार पाण्डेले दर्ता गरेको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी खारेजी हुनुपर्ने माग गरिएको छ ।

चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले उजुरीको व्यहोरा तत्काल निर्वाचन आयोगमा जानकारी गराएका छन् । कार्यालयले बुधबार नै लामिछानेलाई उक्त उजुरीको विषयमा स्पष्टीकरण सोध्ने तयारी गरेको छ । स्पष्टीकरणको जवाफ आएपछि उजुरी र जवाफ निर्वाचन आयोगमा पठाउनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस