‘प्रत्यक्षतर्फको मतगणाना ७ गतेभित्र सक्ने योजना छ’ : प्रमुख आयुक्त थपलिया

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १, बिहिबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मसिर १, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको तीन दिनभित्र प्रत्यक्षतर्फको मतगणना सक्ने योजना रहेको बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ हुने बताए । निर्वाचन अधिकृतलाई त्यसबारे कार्ययोजना पठाउने उनले बताए ।

प्रत्यक्षतर्फको मतगाणना सकिएको ५ दिनपछि समानुपातिक मत गणना सक्ने योजना रहेकोसमेत उनले बताए । “४ गते बेलुका सबैतिर मतदान भइसक्छ । कहीँ दोहोर्याउनुपर्दैन भन्ने विश्वास छ । ५, ६, ७ गतेको बेलुकासम्ममा ‘फस्ट पास्ट दी पोस्ट’ प्रत्यक्षको सबै र त्यसपछिको ५ दिनभित्र समानुपातिकतर्फको सबै मतगाणना सक्ने योजना भएका छौँ,” उनले भने, “हामी मंसिर २२ गते सम्पूर्ण रिर्पोट बोकेर प्रतिवेदन बु्झाउन राष्ट्रपतिज्यू समक्ष जाने तयारीका साथ लागिरहेका छौँ ।

ताजा अपडेट

खोजी गर्नुहोस