मंसिर २, काठमाडौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले सामाजिक सञ्जालको नियमन गरिरहेको बताएका छन् । उनले निर्वाचनका क्रममा पहिलो पटक सामाजिक सञ्जालको नियमनको कार्य थालेको बताउँदै यसलाई व्यवस्थित बनाउँदै लैजाने बताए ।
मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिले निर्वाचनलाई दूषित पार्ने कुनै पनि कार्य ग्राह्य हुँदैन भन्ने नयाँ मानक आचारसंहितामै स्थापित गरिएको उनले बताए ।