मंसिर २, काठमाडौ । आइतवार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि सम्पूर्ण सुरक्षाको तयारी पूरा भएको गृह मन्त्रालयले जानकारी दिएको छ । आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै देशका सबै जिल्लामा सुरक्षाकर्मी परिचालन भएको गृह मन्त्रालयका गृहसचिव विनोद प्रकाश सिंहले जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरेर ३ लाख सुरक्षाकर्मी खटाइएको गृह मन्त्रालयले जानकारी दिएको छ । ७५ हजार नेपाली सेना, ७१ नेपाल प्रहरी, ३५ हजार सशस्त्र प्रहरी र १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिएको छ ।
त्यस्तै, नेपाली सेनाले आजदेखि नै हवाई गस्ती समेत सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । देशको कुनै पनि ठाउँमा ३० मिनेटमा पुग्ने गरी सेनाको टोली तयारी अवस्थामा रहेको जानकारी दिएको छ । यस्तै, विभिन्न प्रदेशहरूको इटहरी, सुर्खेत, काठमाडौं लगायत स्थानमा सेनाको हेलिकप्टर पनि तयारी अवस्था रहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।