मंसिर २, काठमाण्डौ । चुनाव विथोल्ने निर्णय गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेतामाथि सरकारले निगरानी बढाउने भएको छ । चुनावको केही दिन मात्र बाँकी रहँदा देशका विभिन्न स्थानमा होक्स बम विस्फोट गराइ चुनावको वातावरण विथोल्ने प्रयास सो पार्टीले गरेपछि सरकारले निगरानी बढाउने निर्णय गरेको हो ।
शुक्रबार चुनावी सुरक्षाबारे जानकारी दिँदै गृहसचिव विनोद सिंहले सो पार्टीका नेता तथा कार्यकर्तामाथि सरकारले निगरानी बढाएको बताए । उनले चुनावी वातावरण विथोल्न कुनै पनि हालतमा नदिइने बताए । उनले मतदाताले ढुक्क भएर मतदान केन्द्रसम्म आएर मतदान गर्ने वातावरण बनाइएको बताए । पत्रकार सम्मेलनमा सचिव सिंहले बम डिस्पोजलका लागि देशभर ९०३ वटा सेनाको बम डिस्पोजल टोली परिचालन भएको जानकारी दिए ।