पर्साको एउटा मतदानस्थलमा मतदान सम्पन्न

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ४, आईतबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर ४, वीरगन्ज । पर्साको एउटा मतदानस्थलमा निर्वाचन सम्पन्न भएको छ । कुल ३७ मतदाता रहेको पर्साको वीरगन्जस्थित कारागार मतदानस्थलमा निर्वाचन सकिएको हो । वीरगन्ज कारागारका कैदीबन्दीहरुलाई लक्षित गरी यसैबर्षबाट अस्थायी मतदानस्थल थपिएको यो मतदानस्थलमा मतदान सकिएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले बताए ।

कुल ३७ मतदाता रहेको यो मतदान केन्द्रमा एक जना मतदाता वीरगन्ज कारागरबाट पहिले नै छुटेर गइसकेपछि ३६ जनाले मात्र मतदान गरेको त्यहाँ खटेका अतदान अधिकृत सुमित कुमार सिंहले बताए । मतदान गर्ने मतदाताहरुमा पर्साका २४, बाराका १०, काठमाण्डौका १ र सर्लाहीका १ गरी ३६ जना रहेको उनको भनाइ छ । ‘यी सबै मतदाना वीरगन्ज कारागारका कैदीबन्दी नै हुन् ।’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस